Comments Add Comment

एन्डर्सनले गुमाए अष्ट्रेलियासँगको दोस्रो टेष्ट

Photo Credit : आईसीसी

२१ साउन, काठमाडौं । इंग्ल्यान्डका तीव्रगतिका बलर जेम्स एन्डर्सनले अष्ट्रेलियाविरुद्धको एसेज सिरिजको दोस्रो टेष्ट क्रिकेट गुमाउने भएका छन् ।

आईसीसीका अनुसार जेम्सको खुट्टामा चोट लागेपछि उनी दोस्रो खेलअन्तर्गत लर्ड्स टेष्ट अघिसम्म पूर्णरुपले ठीक नहुने भएपछि टिम बाहिर हुने भएका हुन् । इंग्ल्यान्डका लागि टेष्ट क्रिकेटमा कीर्तिमानी विकेट टेकर एन्डर्सनको एमआरआई स्क्यान गरिएको थियो । एमआरआईबाट चोट लागेको पुष्टि भएपछि उनी टिम बाहिर भएको आईसीसीले जनाएको छ ।

एसेज सिरिजको पहिलो खेलमा २५१ रनले इंग्ल्यान्ड पराजित हुँदा एन्डर्सनले चार ओभर मात्रै बलिङ गरे । उनी फिल्डिङ गर्ने क्रममा चोटग्रस्त बनेका थिए । चार ओभर बलिङ गरेका उनले तीन ओभर मेडन राखेर एक रन मात्रै खर्चिएका थिए ।

उनले टेष्ट क्रिकेटमा १४९ खेलबाट ५७५ विकेट लिएका छन् ।

अष्ट्रेलिया र इंग्ल्यान्डबीचको दोसो टेष्ट क्रिकेट यही अगष्ट १४ तारिखदेखि सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment