Comments Add Comment

किरण चेम्जोङ ट्रायल दिन भोलि जापान जाँदै

२१ साउन, काठमाडौं । नेपाली फुटबल टिमका गोलकिपर किरण चेम्जोङ ट्रायल दिन बुधबार जापान जादैछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का बरिष्ठ उपाध्यक्ष पंकजराज नेम्बाङ र महासचिव इन्द्रमान तुलाधरले किरणलाई विदाई गरे । नेपाली अन्तर्राष्ट्रिय गोलकिपर किरणले जापानको तेस्रो डिभिजन क्लब फुजिडा एमवाई एफसीमा ट्रायल दिने छन् ।

यसै सिजनका लागि माल्दिभ्सको टिसी स्पोर्ट्समा अनुबन्धित भए पनि कारणवश किरण र क्लबले सहमतिमै सम्झौता भंग गरेका थिए । तर केही दिनपछि किरण भारतको मिनर्वा पञ्जाबमा अनुबन्धित भएका थिए । उनी दोस्रो पटक पञ्जाब क्लबमा अनुबन्धित भएका थिए ।

जापानमै राम्रो प्रदर्शन गरेको खण्डमा किरणले अब उतैबाट व्यवसायिक फुटबल खेल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment