
काठमाडौं । नाइजेरियाले टी–२० विश्वकप छनोट खेल्ने अवसर पाउने भएको छ ।
जिम्बाब्वे क्रिकेटलाई निलम्बन गरेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकप छनोटमा उसको ठाउँमा नाइजेरियालाई खेलाउने निर्णय गरेको हो ।
नाइजेरिया अफ्रिका छनोटमा तेस्रो भएको थियो । तर आईसीसीको निर्णयसँगै विश्वकप छनोटमा केन्या र नामिबियासँगै नाइजेरिया हुने भएको छ । आगामी अक्टोबरमा यूएईमा हुने छनोटमा १४ देशले भाग लिनेछन् र शीर्ष ६ विश्वकपमा पुग्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4