+
+
Shares

पर्सामा लागु औषधसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २२ गते १२:४३

२२ साउन, वीरगञ्ज । पर्साबाट सुरक्षा निकायले दुई जनालाई लागु औषधसहित पक्राउ गरेको छ । प्रहरीले पर्सा बहुदरमाई नगरपालिका ९ बिश्रामपुर टोलका ४० बर्षका नैमोदिन देवान र सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका ९ का २६ बर्षका सम्राट तामाङलाई पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेका देवानको साथबाट लागु औषध गाँजा १ किलो फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अस्थायी प्रहरी पोष्ट बिन्दवासिनीको टोलीले उनलाई वीरगञ्ज महानगरपालिका वडा १७ तिलावे पुलबाट नियन्त्रणमा लिएको थियो । उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

त्यसैगरी सशस्त्र प्रहरीले बुधबार बिहान वीरगञ्ज महानगरपालिका १६ भन्सार मूलगेटबाट सम्राटलाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. १४ गुल्म (राजश्व तथा भन्सार गस्ती सुरक्षा) पर्साबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट ४५ वटा तयारी लागु औषध बरामद गरेको थियो ।

तामाङको साथबाट डाइजेल्याव, नोफिन र फेनारगन १५/१५ एम्पुल गरी ४५ एम्पुल लागु औषध बारामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर बहादुर खत्रीले जानकारी दिए ।

‘नलीखुट्यामा बेरेर ल्याएको रहेछ, शंका लागेर चेकजाँच गर्दा लागु औषध बरामद भयो’ उनले भने ‘लागु औषध सहित नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छौं ।’
उनलाई आवश्यक कारबाही प्रक्रियाका लागि लागु औषध नियन्त्रण व्युरो, कार्यालय वीरगञ्ज पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?