Comments Add Comment

नम्रताको ‘जाइरा’को ट्रेलर बलियो कि कमजोर ?

नायिका नम्रता श्रेष्ठलाई मार्सल आर्ट खेलाडीको रुपमा प्रस्तुत गरिएको चलचित्र ‘जाइरा’को ट्रेलर सार्वजनिक भयो । यो चलचित्रको निर्माण टिमले विभिन्न प्रचार सामाग्रीका लागि आधी दर्जन पटक पत्रकार सम्मेलनको आयोजना गरिसकेको छ । चलचित्रको टिम चलचित्रप्रति अत्यन्तै आशावादी छ ।

नायिका नम्रता श्रेष्ठलाई मार्सल आर्ट भूमिकामा देखाएर बदलाको कथामा तयार पारिएको चलचित्रका गीतसंगीत औषत मात्र चलेका छन् । यसैले पनि यसको ट्रेलरले बजारमा राम्रो छाप छाड्न आवश्यक छ । नायिका श्रेष्ठ आफै पनि चलचित्रका लागि खुबै मिहिनेत गरेको बताउँछिन् । आधा बर्ष भन्दा बढी समय उनले मार्सट आर्टको ट्रेनिङका लागि उनले समय दिएकी छिन् ।

चलचित्रको ट्रेलरमा नम्रतालाई जती स्थान दिनुपर्ने हो त्यती स्थान दिइएको छैन । बरु, चलचित्रको ट्रेलरमा अनुप र नम्रताको रोमान्स, खलपात्रको रुपमा रहेका प्रमोद अग्रहरि र श्रृजना रेग्मीविच अन्तरंग रोमान्समा समय खर्चिएको छ ।
ट्रेलरमा चलचित्रमा ‘राजा’ नामले देखिएका प्रमोद र ‘बुलेट’ नामले देखिएकी श्रृजनालाई दर्शकले नोटिस गर्न सक्छन् । चलचित्रको ट्रेलर कटिङ कमजोर छ ।

नम्रताको संघर्ष, पृष्ठभुमी र बदलालाई अझै बढी स्थान दिएको भए दर्शकका लागि ट्रेलरले आकर्षण बढाउन सक्थ्यो । निर्देशक आशुतोष राज श्रेष्ठले भने जस्तै नेपालमा भीएफएक्स गर्दा सय पटक सोच्नुपर्ने हुन्छ । चलचित्रको ट्रेलरमा पनि यस्तै भाव देखिएको छ ।

चलचित्रले केही नयाँ कुरा बोल्छ । तर, अझै ट्रेलर तयार गर्दा अझै ध्यान दिएको भए दर्शकका लागि अझै आकर्षण बढ्न सक्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment