Comments Add Comment

म राम्रो फिल्मका लागि भोकाएकी छुः भूमी

बलिउडमा नायिका भूमी पेड्नेकर आफ्नो अभिनयका कारण चर्चामा छिन् । उनको चलचित्रले व्यापार जस्तो गरेपनि, उनको अभिनयको तारिफ भने खुबै हुन्छ । भूमीले अभिनय गरेका ४ वटा चलचित्र रिलिज भैसकेका छन् । तर, अब एक बर्षमा उनका ६ वटा चलचित्र रिलिज हुँदैछन् । तर, भूमी आफू राम्रो चलचित्रका लागि सधै नै भोको रहने बताउँछिन् ।

भूमीले भनिन्–‘एउटा कलाकार भएको नाताले म सधै नै राम्रो कथाको खोजीमा हुन्छु । म निरन्तर राम्रो चलचित्रका लागि भोको छु । र म आफूलाई भाग्यमानी ठान्छु किनकी मैले बलिउडका निकै नै उत्कृष्ट चलचित्र मेकरसँग काम गर्न पाएकी छु ।’

भूमीले आफ्ना आउँदा चलचित्रहरुमा पनि कथावस्तु फरक र उत्कृष्ट रहेको दाबी गरिन् । भूमीले दाबी गर्दै भनिन्–‘अब रिलिज हुने जती पनि चलचित्र छन्, ती सबैमा मेरो अवतार नितान्त फरक छ र म दर्शकको प्रतिक्रियाका लागि आतुर छु ।’

भूमीले आफूले अभिनय गर्ने भूमिकामा पहिले पात्र भएर जिउने र पछि आफू नै हुने बताएकी छिन् । भूमी भन्छिन्–‘दर्शकले अहिले राम्रो चलचित्रलाई मात्र साथ दिएका छन् । र, नायिकाहरुका लागि पनि यो सुनौलो अवसर हो । म त्यस्ता चलचित्रहरुमा काम गर्दिनँ, जसमा मेरो भूमिका फरक नहोस् ।’

भूमिले खुशी साट्दै भनिन्–‘म मेरो करिअरको उत्कृष्ट समयमा छु र म हरेक चलचित्रमा उत्कृष्ट काम गर्न चाहन्छु ।’भूमीको रिलिजको तयारीमा रहेका चलचित्रहरुमा ‘बाला, साँन्ड कि आँख, पति पत्नी और ओ, तक्त’ लगायतको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment