Comments Add Comment

‘धुर्मुस–सुन्तली’को ‘सेन्टी भाइरस’ घोषणा, सामाजिक कथामा फिल्म बन्ने

हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले चलचित्र बनाउने चर्चा चलेको लामै समय भएपनि यसको घोषणा भने हुन सकेको थिएन । अब, भने यो जोडीले चलचित्र निर्माणको घोषणा गरेको छ । रामबाबु गुरुङले निर्देशन गर्ने चलचित्रको नाम ‘सेन्टी भाइरस’ राखिएको छ । चलचित्र बजारमा ‘एन्टी भाइरसदेखि छल कपट’सम्म चर्चामा थियो ।

सामाजिक कथावस्तुमै बन्ने कमेडी जनराको यो चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, बसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहनेछ ।

चलचित्रमा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ । चलचित्रमा डिन्डु लामा निर्माताको रुपमा छन् भने फूर्पा लामा सह–निर्माताको रुपमा छन् ।

कार्यक्रममा बोल्दै कलाकार तथा प्रस्तुतकर्ता सितारामले भने–‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढिरहेको छ । डीपीआर दशैंसम्म सकिन्छ होला । यो भन्दा अगाडि नै हामी चलचित्रको छायांकन सक्नेछौ ।’ उनले लामो समयपछि फेरि आफूहरुले पर्दामा पाइला राख्न लागेको बताए ।

यस्तै, कलाकार कुञ्जना घिमिरेले भनिन्–‘चलचित्रको नाम सेन्टी भाइरस भएपनि हामी भने रमाइलो भाइरस हौं ।’ सुबिहानी फिल्मस् प्रा.लिको ब्यानरमा यो फिल्म बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment