Comments Add Comment

आध्यात्मिक मार्गः उत्तम मार्ग के हो ?

जग्गी वासुदेव जसलाई ‘सद्गुरु’ भनेर चिनिन्छ । जीवन र दर्शनसम्बन्धी निकै गहकिला एंव घतलाग्दो प्रवचन दिने सद्गुरु आध्यात्मिक गुरुको रुपमा प्रख्यात छन् । उनी लेखक पनि हुन्, जसले सय बढी पुस्तक लेखेका छन् । उनै सद्गुरुसँग आध्यात्मिक मार्गबारे गरिएको प्रश्नोत्तर यहाँ प्रस्तुत गरिएको छ ।

प्रश्नः सद्गुरु, म कसरी तय गरौं कि मेरो लागि कुन मार्ग सर्वोत्कृष्ट हुन्छ ? तपाईंको विचारमा हामीले यसको निर्णय कसरी लिनुपर्छ ?

सर्वोत्कृष्ट भन्दा राम्रो केही हुँदैन

सद्गुरुः सर्वोत्कृष्ट जस्तो कुनै चिज हुँदैन । मान्छेहरु त्यही ठूलो गल्ती गर्छन् कि उनीहरु त्यही छनौट गर्न चाहन्छन् जो सर्वोत्कृष्ट छ ।

छनौट चाहे करियरको होस् वा विवाहकाका लागि वर र वधुको । आध्यात्मिक छनौट होस् वा कुनै परम चिजको छनौट, जीवनमा गर्नका लागि कुनै सबैभन्दा उत्कृष्ट काम हुँदैन । हेर्नुहोस्, जब तपाईं केही गर्नका लागि निर्णय गर्नुहुन्छ र त्यसमा पूर्ण रुपमा समर्पित रहनुहुन्छ, तब त्यही एक महान काम बन्न पुग्छ ।

तपाईंको जीवनमा केही न केही भव्य हुनुपर्छ, सबैभन्दा उत्कृष्ट होइन किनभने सबैभन्दा उत्कृष्ट सधै कुनै अर्को चिजसँग तुलना हुन्छ । अहिले यदि म एकदमै आनन्दित महसुष गरिरहेको छु यसको कारण यो होइन कि यो सबैभन्दा राम्रो दिन हो । वा विश्वको सबैभन्दा राम्रो स्थान । यस्तो कुनै कुरा हुँदैन । तर, तपाईं आफु स्वयम्लाई त्यसमा समर्पित गर्नुहोस् तब यो एक उत्कृष्ट स्थान बन्नेछ ।

यस्तो विचार छाड्नुपर्छ

आफ्नो जीवनमा सबैभन्दा उत्कृष्ट छनौट वा आफ्ना लागि सबैभन्दा उत्कृष्ट व्यक्ति खोज्ने विचार नै गलत छ । यसलाई त्याग्नुपर्छ । यो ब्रम्हान्डमा कुनै यस्तो चिज नै छैन । जब तपाईंले कुनै सर्वोत्कृष्ट कुरा खोज्नुहुन्छ, तब त्यसलाई अरु कुनैसँग तुलना गर्नुपर्ने हुन्छ । यसरी तुलना गरेर सबैभन्दा उत्कृष्ट चिज खोज्नु थाल्नुभयो भने तपाईं सधै भ्रमित हुनुहुनेछ ।

आफ्नो निर्णयले केवल आरम दिलाउँछ

जब आध्यात्मिक प्रक्रियाको कुरा आउँछ, तब तपाईंले तय गर्नुपर्छ कि त्यो तपाईं स्वयम् निर्णय गर्न चाहनुहुन्छ वा ममाथि छाड्न उचित सम्झनुहुनेछ ।

यदि निर्णय ममाथि छाड्नुहुन्छ भने, तपाईंको लागि सबैभन्दा जे राम्रो हुन्छ, त्यही म निर्णय गरौंला । यदि तपाईं छनौट गर्नुहुन्छ भने तपाईंका लागि सबैभन्दा आरमदायक चिज छनौट गर्नुहुनेछ । जरुरी छैन कि त्यसको कुनै नतिजा निस्कियोस् । या त त्यो अनावश्यक रुपले लामो बाटो होस् ।

मलाई तपाईंको सुविधामा कुनै रुची छैन । म चाहन्छु कि तपाईं परम तत्वसम्म पुग्नुहोस् किनभने तपाईंसँग समय र उर्जा सीमित छ । यति यसलाई तपाईंले तिब्र गतिमा गर्नुभएन भने तपाईं यताउता भड्कनुहुनेछ र हराउनुहुनेछ ।

के अझैपनि तपाईं केही गर्न चाहनुहुन्छ ?

यद्यपि तपाईंका लागि सबैभन्दा राम्रो र लाभदायक के हुन्छ, यो कुरा म तपाईंलाई त्यसबेला बताउनेछु तब तपाईं निर्णय ममथि छाड्नुहुनेछ ।

नभए म कसैमाथि आफ्नो निर्णय थोपर्ने छैन र उनलाई बताउनेपनि छैन कि उनले आफ्नो जीवनमा के गर्नुपर्नेछ । यदि तपाईं सय प्रतिशत निश्चित हुनुहुन्छ कि म तपाईंलाई नर्कमा जानका लागि भन्छु भने तपाईं निश्चय नै त्यहाँ जानुहुनेछ । र, तपाईंलाई यो भरोसा पनि हुनेछ कि म निश्चित रुपमा तपाईंलाई नर्कमा नै पठाउन चाहन्छु, तब म तपाईंको लागि निर्णय गर्न सक्छु । यद्यपि यस कुराको संभावना छ कि आधा बाटोमा तपाईंलाई शंखा हुनेछ, तब म निर्णय लिनेछैन ।

यदि तपाईं यताउता भौतारिन चाहनुहुन्छ भने यो तपाईंमाथि छ । म तपाईंको लागि कुनै जीवनकालको योजना बनाउन चाहन्न । म चाहन्छु कि मान्छेसँग यस्तै जीवनमा चिज घटित होस् । यदि तपाईं कुनै जीवनकालमा यसलाई सफल बनाउन चाहनुहुन्छ भने सुस्त विकासको बाटो पनि छ । त्यसमा कुनै गल्ती छैन, यद्यपि मसँग त्यती धैर्य छैन । किनभने यो कुरा तय भइसकेको छ कि यो मेरो आखिरी जीवन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment