Comments Add Comment

सन्दीपले लिए दुई विकेट तर हार्‍यो टिम

सोमपाल आबद्ध विनिपेग हवक्स् दोस्रो क्वालिफायरमा

२४ साउन, काठमाडौं । नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछाने आबद्ध टिम टोरोन्टो नेशनल्स ग्लोबल टी–२० क्रिकेटको प्लेअफबाट बाहिरिएको छ ।

क्यानाडामा जारी प्रतियोगिताअन्तर्गत आज विहान भएको प्लेआफको इलिमिनेटर खेलमा सन्दीप आबद्ध टोरोन्टो नेशनल्स डकवर्थ लेविस मेथोडको आधारमा विनिपेग हवक्ससँग दुई रनले पराजित भएको हो । जित नजिक पुगेर पनि अन्तिम समयमा टोरोन्टो चुक्यो ।

२३९ रनको विशाल योगफल पछ्याउँदै ब्याटिङ गरेको विनिपेग हवक्सले १७.१ ओभरमा पाच विकेटको क्षतिमा २०१ रन बनाएपछि वर्षा भएको थियो । पानी परेसँगै खेल डीएल मेथोडको आधारमा विजेताको छिनोफानो लागेको हो ।

विनिपेग हक्सका लागि जेपी डुमिनीले उत्कृष्ट पारी खेले । उनले ४१ बलमा अविजित ८५ रन बनाए । त्यस्तै, सन्नी सोहलले ३६ रन बनाउँदा रायद इमरितले अविजित १५ बलमा ३३ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई विकेट लिए । सन्दीपबाहेक अन्य कुनै खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । सन्दीपले चार ओभर बलिङ गर्दै ३४ रन खर्चिएर दुई विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टोरोन्टो नेशनल्सले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २३८ रन बनाएको थियो । टोरोन्टोका लागि हेनरिच क्लासेनले सनशनीपूर्ण प्रदर्शन गर्दै शतक बनाए । उनले ४९ बलमा पाँच छक्का र ११ चौका प्रहार गर्दै १०६ रन बनाए । त्यस्तै, टोरोन्टोको विशाल योगफलमा रोड्रिगो थोमसले ४० बलमा ७३ रन बनाए ।

सन्दीप रहेको टिम टोरोन्टो नेशनल्सविरुद्ध नेपालका अर्का अलराउण्डर सोमपाल कामीले भने खेल्ने पौका पाएनन् । सोमपाल आबद्ध टिम विनिपेगले अब दोस्रो क्वालिफायरमा ब्रामप्टन वोल्भस्सँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment