Comments Add Comment

नेदरल्यान्ड्ससँगको टी–२० सिरिज यूएईद्वारा ‘क्लिन स्विप’

२४ साउन, काठमाडौं । यूएईले नेदरल्यान्ड्ससँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज क्लिन स्विप गरेको छ ।

चार खेलको टी–२० सिरिज यूएईले घरेलु टोली नेदरल्यान्ड्समाथि चारै खेलमा जित हात पार्दै ठूलो उपलब्धि हात पारेको हो ।

अन्तिम तथा चौथो खेलमा यूएईले नेदरल्यान्ड्सलाई सात विकेटले पराजित गर्न सफल भयो । १५१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको यूएईले १९.४ ओभरमा तीन विकेटको क्षतिमा भेटाएको थियो ।

सिरिजको पहिलो खेलमा यूएईले नेदरल्यान्ड्सलाई १३ रनले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा पाँच विकेटले र तेस्रो खेलमा १४ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment