+
+

मलाई हिंस्रक मान्छे भन्दा अनौठो लाग्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २४ गते १८:११

२४ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई हिंस्रक नेताको रुपमा प्रस्तुत गरेकामा असन्तुष्टि जनाएका छन् ।

शुक्रबार शमी मासिक साहित्यिक पत्रिका लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले १० वर्ष लामो जनयुद्धको नेतृत्व गरेपछि आफू हिंसात्मक क्रियाकलापमा संलग्न नभएको बताए । उनले भने, ‘म यस्तो विद्रोही नेता हुँ, जसले कसैलाई लपेटा हानेको पनि छैन, कसैको एक लपेटो खाएको पनि छैन ।’

उनले अघि भने, ‘मलाई आजभोलि कयौंले हिंस्रक मान्छे, अपराधी भने जस्तो गर्दा अनौठो लाग्छ ।’

आफू सानो छँदा कसैको झगडा भयो भने ‘यसले सत्य भन्छ, यो देउताको गाई हो’ भन्ने गरेको स्मरण गर्दै उनले भने, ‘म त्यस्तो खालको पात्र हो । तर परिस्थितिले मलाई विद्रोहको नेतृत्व गर्ने ठाउँमा पुर्‍यायो । नेतृत्व गरेकै पनि हो ।’

सशस्त्र विद्रोहका क्रममा भएका सबै घटनाको नैतिक जिम्मेवारी लिने उनले बताए । आफू विद्रोहलाई शान्तिमा रुपान्तरण गर्ने र लोकतान्त्रिक प्रक्रियामार्फत सामाजिक रुपन्तरणको नेतृत्व गर्ने अवसर पनि पाएको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?