+
+

बालुवा निकाल्न खनेको खाल्डोमा डुबेर दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २५ गते १६:४८

२५ साउन, धादिङ । गजुरी गाउँपालिका-६ को ठुलीफाँटस्थित दरिङगाल खोलामा बालुवा निकाल्न खनेको खाल्डोमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

खाल्डोमा जमेको पानीमा डुबेर वडा ७ का २१ वर्षीय भीम तामाङ र २३ वर्षीय सुमन स्याङतानको मृत्यु भएको धादिङका प्रहरी नायव निरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । खड्काकाअनुसार दुवै जना पौडी खेल्दै बालुवा भए नभएको परीक्षण गर्ने क्रममा डुब्न पुगेका थिए ।

मृतक दुवै जना खोलाबाट बालुवा निकालेर जीवन गुजारा चलाउँदै आइरहेका थिए ।

अनियमित ढंगले डोजर प्रयोग गरी खोलाबाट बालुवा निकाल्दा खोला पोखरीमा परिणत बनेर जोखिम बढेको भन्दै आक्रोसित स्थानीयबासीले तीन ओटा डोजरमा आगजनी गरेका छन् ।

घट्ना स्थलदेखि झण्डै १ किलोमिटरको दुरीमा राखिएको डोजरमा स्थानीयबासीले आगो लगाइदिएको नायव निरीक्षक खड्काले बताए ।

पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने तथा बालुवा उत्खनन गर्ने ठेकेदारलाई कानुनी कारवाही गर्नुपर्ने माग राख्दै स्थानीयबासीले अहिले घटनास्थलमै शव राखेर विरोध प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?