Comments Add Comment

भक्तपुरमा एउटा बसले ३ वटा बसलाई ठक्कर दिँदा १६ जना घाइते

२६ साउन, भक्तपुर । भक्तपुरमा आइतबार विहान डरलाग्दो दुर्घटना भएको छ । काठामाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ४ ख ५७९४ नम्बरको बसले ३ वटा बसलाई ठक्कर दिँदा १६ जना घाइते भएका छन् ।

उक्त बस अनियन्त्रित भई बा ३ ख ७०९३, बा ५ ख ४०२९ र ना ६ ख ७१८५ नम्बरको ३ वटा बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १३ जनालाई उपचारका लागि नागरिक अस्पताल र ३ जनालाई मध्यपुर अस्पतालमा लगिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।

सबै घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ४ वटै सवारी साधन महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघरको नियन्त्रणमा राखिएको छ । प्रहरीले ठक्कर दिने बस चालक सिन्धुली गोलानचोर गाउँपालिका ६ घर भई काठमाडौं ताहचल बस्ने दीपकराज ठकुरीलाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment