+
+
Shares

आयुषको स्वरमा ‘हजार जुनी सम्म’को शिर्ष गीत रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २६ गते १६:१६

‘सारेगमप लिटिल च्याम्प’मा सहभागी भएर चौथो स्थान हासिल गरेका आयुष केसीको आवाजमा समावेश ‘चलचित्र हजार जुनी सम्म’को शिर्ष गीत सार्वजनिक भएको छ । उनले गायक उदय सोताङ्गको हिट गीतमा आफ्नो आवाज दिएका हुन् । चलचित्रमा उदयको गीतलाई रि–एरेन्ज गरिएको छ । गीतलाई उदयले नै तयार पारेका हुन् ।

चलचित्रमा उदय र आयुष दुबैको स्वर छ । गीतमा पवन चाम्लिङ्गको शब्द र योगेन्द्र घतानीको संगीत छ । गीतमा उदयको आवाजमा नायक आर्यन सिग्देललाई फिचरिङ गरिएको छ भने आयुषको आवाजमा बाल–कलाकार अनुभव रेग्मीलाई फिचरिङ गरिएको छ । साउन ३० गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

गायक आयुष केसीले उदयको यो चर्चित गीतमा आवाज दिनु पाउनुलाई आफ्नो जीत भनेका छन् । चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, संचिता लुइटेल, अनुभव रेग्मी, सलोन बस्नेत, अभिषेक प्रधान, शिवहरि पौडेल लगायतको स्वर छ । चलचित्रमा सामिप्यराज तिमिल्सिनाको पटकथा छ । कविता रेग्मी कार्यकारी निर्माता रहेको चलचित्रमा विशाल चाम्लिङ्को लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?