Comments Add Comment

रंगशाला निर्माणका लागि माडीका सहयोग समिति गठन

२६ साउन, चितवन । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि चितवनको माडी नगरपालिकामा सहयोग समिति गठन गरिएको छ ।

माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालको अध्यक्षतामा ७६ सदस्यीय नगरस्तरीय सहयोग समिति गठन गरिएको हो । समितिमा नगरपालिकाका सवै वडाध्यक्ष र सदस्य, उद्योग बाणिज्य संघ माडी, स्थानीय राजनीतिक दल, विभिन्न पेशाकर्मीहरु रहेका छन् ।

जिल्लाका ७ स्थानीय तहमध्ये ६ वटामा यसअघि नै सहयोग समिति गठन गरिसकिएको छ । सम्बन्धित स्थानीय तहका प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको हो ।

उद्योग वाणिज्य संघले दियो १ लाख ११ हजार

उद्योग बाणिज्य संघ, माडीले रंगशाला निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने भएको छ । उद्योग बाणिज्य संघ, माडीका अध्यक्ष रेशमलाल आचार्य (तुलसी) ले देशकै गौरवका रुपमा रहेको रंगशाला निर्माणका लागि माडीका उद्योगी व्यवसायीहरुले सक्दो सहयोग गर्ने वचन दिए ।

माडी नगरापलिकाका प्रमुख ढकालले अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ आधा महिनाको तलब प्रदान गर्ने घोषणा गरेका छन् । मेयर ढकालकी पत्नी गंगादेवी ढकालका तर्फबाट ५ हजार सहयोगस्वरुप उपलब्ध गराउने जानकारी मेयर ढकालले गराए ।

धुर्मुस सुन्तली फाउण्डेशनले महोत्तरीमा निर्माण गरेको नमुना बस्तीको सिको गर्दैै माडीमा समेत नमुना बस्ती बनाउन थालिएको मेयर ढकालको भनाइ छ । माडीको प्याउली तथा अन्य ठाउँहरुमा बिपन्न दलित, आदिवासी र चेपाङ समुदायका लागि आउँदो ३ बर्षभित्रमा करीब २०० वटा घर बनाउने कार्ययोजना रहेको मेयर ढकालले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment