Comments Add Comment

पाकिस्तानी विदेशमन्त्री फर्किएलगत्तै भारतीय विदेशमन्त्री चीन भ्रमणमा

२७ साउन, काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर चीन भ्रमणमा गएका छन् । पाकिस्तानका विदेशमन्त्री शाह महुमद कुरैशी चीन भ्रमणबाट फर्किएलगत्तै भारतीय विदेशमन्त्री जयशंकर बेइजिङ पुगेका हुन् ।

जम्मु-कश्मीर मुद्दामा पाकिस्तानसँग तनाव बढिरहेको बेला जयशंकरको चीन भ्रमणलाई अर्थपूर्ण मानिएको छ । यद्यपि जयशंकरको भ्रमणको उद्देश्य आगामी अक्टुबरमा चिनियाँ राष्ट्रपति सि जिनपिङले गर्ने भारत भ्रमणको तयारीमा केन्दि्रत रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

डोकलाम मुद्दामा चीन र भारतबीच तनाव हुँदै आएको छ । यद्यपि यी दुई देशबीच सम्बन्ध सुधारको प्रयास हुँदै आएको छ । गत वर्ष चिनियाँ राष्ट्रपति सि र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्तामा पनि सम्बन्ध सुधार गर्नेबारे कुराकानी भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment