+
+

स्वीट्जरल्याण्डबाट सुन्दासको ‘सुरुआत’

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २८ गते १६:३९

बार्सिलोना। युरोपका चर्चित गायक सुभास सुन्दासले आफ्नो नयाँ गीत ‘सुरुआत’लाई आफ्नै युट्युब च्यानलमार्फत सार्बजनिक गरेका छन्। एक्लो जीवनमा जव कसैले हात समाउदै साथ दिन्छ तव नयाँ जीवनको सुरुआत हुन्छ भन्ने गीतको मुख्य आशय छ। अर्थात् गीतले बैबाहिक जीवनपछिको नयाँ मोडलाई सुरुआतको रुपमा इंकित गरेको छ। जतिसुकै बाधा अड्चन,दुःख कष्ट सहनु परेपनि अन्तिम साससम्म सँगै रहने भाव गीतले दिएको छ।

बिगत ६ बर्षदेखि गायक सुन्दास युरोपेली मुलुक स्वीट्जरल्याण्डमा बस्दै आएका छन्। त्यही नै उनले संगीतकार रामु परियारलाई पनि भेटे। डायस्फोराबाट नेपाली संगीतको क्षेत्रमा जमेको जोडीको रुपमा सुन्दास र परियारलाई चिनिन्छ।

गायक सुन्दासले अहिलेसम्म १० वटा गीतहरुमा आवाज दिए। यसअघि उनले ‘उड्न देउ’ एल्वम नै ल्याएका थिए।

‘धेरै बिबाह समारोहमा सहभागी बने ,धेरै जोडीहरुलाई बधाई पनि दिए। मनमा लाग्यो नयाँ जीवनको यो सुरुआतलाई गीतमा किन नउतार्ने ?’ गीतको परिकल्पनाबारे पनि उनले सुनाए। यहि जोडी मिलेर नै गीतको रचना र संगीत सृजना गर्‍याे ।

बिकास बमजमको निर्देशनमा म्युजिक भिडिओ समेत तयार भएको छ। भिडियोमा पनि रोचक दृश्यहरु राखिएको छ। ‘हामीले बिभिन्न मुलुकहरुमा भएका रियल बिहेका दृश्यहरुलाई भिडियोमा राखेका छौं। दर्शकलाई हेर्दा पनि आफ्नै अनुभूति होस्,’ गायक सुन्दास सुनाए।

वर्षौदेखि बिभिन्न ब्याण्डमा आबद्व गितारमा पोख्त रहेका संगीतकार परियारले पनि यस गीतलाई बिशेष रुपमा लिएका छन्। उनी भन्छन्,’फरक गर्ने कोशिस गरेका छौ। समय सान्दर्भिक गीत भएकाले पनि दर्शकस्रोताको मन जित्छ भन्नेमा आशावादी छौं।’

देश तथा बिदेशमा आफ्नो प्रस्तुति दिदैं छुट्टै पहिचान बनाउन सफल गायक सुन्दास यति बेला युरोपमा निकै लोकप्रिय बनेका छन्। उनले स्विजरल्याण्ड, स्पेन, इटाली, जर्मनी, डेनमार्क,साईप्रस लगायत थुप्रै देशहरुमा आफ्नो प्रस्तुतिसमेत राखिसकेका छन्।

उनका गीतहरु हिट्स एफएम तथा इमेज अवार्डको बिभिन्न विधाका लागि मनोनयनमा परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?