+
+
Shares

नारायणगढमा मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २८ गते १७:१९

२८ साउन, चितवन । नारायणगढको लायन्सचोकमा मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु भएको छ । मृतक पैदलयात्री भरतपुर ११ जागृति चोकका २६ वर्षका रोशन सिलवाल रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार राति साढे १० बजे लायन्सचोकमा भरतपुरको चौबिसकोठीबाट नारायणगढ पुलचोकतर्फ आउँदै गरेको प्रदेश ३–०३००१ प ९२२ नम्बरको मोटरसाइकलले सिलवाललाई ठक्कर दिएको थियो ।

ठक्करपछि गम्भीर घाइते भएका उनको उपचारको क्रममा एक घण्टापछि भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा मृत्यु भएको हो । मृतकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

सोही स्थान नजिकै एक साता अघि पनि रातीको समयमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?