+
+

वीरगञ्जमा फेरि विष्फोट, एक जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २८ गते २१:३८

२८ साउन वीरगञ्ज । वीरगञ्जमा फेरि विष्फोट भएको छ । विष्फोटबाट एक जना घाइते भएका छन् ।

विष्फोटबाट बारा परवानीपुर गाउँपालिका वडा नं.५ बस्ने अमरजित प्रसाद पटेल घाइते भएका हुन् । उनको दाहिने पिडुलामा समान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता डीएसपी अनन्तराम शर्माले जानकारी दिए ।

मंगलबार साँझ साढे ७ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ९ घण्टाघर नजिकै रहेको तरकारी बजारमा विष्फोट भएको थियो । ्र पटका बम विस्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यसअघि वीरगञ्जको विर्ता बजारमा पनि विष्फोट भएको थियो, जसमा परी तीन जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?