Comments Add Comment

एनसीसी बैंकको नाफा १४ प्रतिशतले बढ्याे, खुद ब्याज आम्दानी साढे ३ अर्ब

२९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले तोके अनुसारको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन बाँकी रहेको नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) ले गत आर्थिक वर्षमा सन्तोषजनक प्रगति गरेको छ । बैंकले गत आर्थिक वर्ष ०७५/७६ मा १ अर्ब ५२ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

बैंकको अघिल्लो आर्थिक वर्षमा मुनाफा १ अर्ब ३४ करोड १५ लाख रुपैयाँ रहेकाेमा करिब १३ प्रतिशतले मुनाफा बढाउँदै बैंकले १ अर्ब ५२ करोड रुपैयाँ पुर्याएको हो ।

तोकिएको चुक्ता पुँजी पुर्याउन बाँकी रहेको एनसीसी एक मात्रै वाणिज्य बैंक हो । एनसीसीको चुक्ता पुँजी अहिले ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ रहेको छ । बोनस सेयर दिएर बैंकले पुँजी पुर्याउँदैछ ।

बैंकले खुद ब्याज आम्दानीमा राम्रो सुधार गरेको छ । बैंकको खुद ब्याज आम्दानी ९१.४८ प्रतिशतले बढेर तीन अर्ब आठ करोड ८० लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी एक अर्ब ६१ करोड २६ लाख थियो ।

एक वर्षको अवधिमा बैंकले ६७ अर्ब तीन करोड ५६ लाख निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष ५७ अर्ब २६ करोड पाँच लाख रुपैयाँ रहेको निक्षेप १७ प्रतिशतले बढेर ६७ अर्ब ३ करोड ५६ लाख रुपैयाँ पुगेको हो ।

बैंकले अघिल्लो आर्थिक वर्षमा ५१ अर्ब ४३ करोड २१ लाख कर्जा लगानी गरेकोमा त्यसलाई बढाएर गत आर्थिक वर्षमा ६१ अर्ब १३ करोड १८ लाख पुर्याएको छ । कर्जा लगानीको वृद्धिदर करिब १९ प्रतिशत रहेको छ ।

बैंकको खराब कर्जा अझै २.७८ प्रतिशत रहेको छ । प्रति सेयर आम्दानी २१ रुपैयाँ ७५ पैसा रहेको यो बैंकको आधार ब्याजदर १०.२३ प्रतिशत देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment