Comments Add Comment

‘मिशन मंगल’ भर्सेस ‘बाटला हाउस’ कसले बाजी जित्छ ?

अक्षयसँग जोनको भिडन्छ

अघिल्लो वर्षको भारतको स्वतन्त्रता दिवस (१५ अगष्ट) को अवसर पारेर जोन अब्राहमको ‘सत्यमेव जयते’ तथा अक्षय कुमारको ‘गोल्ड’ बीच बक्स अफिसमा कडा भिडन्त भएको थियो । रमाइलो कुरा के थियो भने दुबै फिल्मले राम्रो सफलता हासिल गरेका थिए ।

यसपटकका भारतको स्वतन्त्रता दिवसको अवसरमा पनि पुनः एक पटक जोन अब्राहम तथा अक्षय कुमार एक-अर्कासंग भिड्नका लागि तयार भएका छन् । अक्षय कुमारको ‘मिशन मंगल’ तथा जोन अब्राहमको ‘बाटला हाउस’ भोलि बिहिबारदेखि नै दर्शकमाझ पुग्दैछन् ।

अनुमान के गरिएको छ भने दुबै फिल्मले बक्स अफिसमा आक्रामक सुरुवात गर्नेछन्, तर अग्रता भने अक्षय कुमारको मिशन मंगलले नै लिने अनुमान गरिएको छ ।

दुबै फिल्महरुको केही शहरहरुमा अगि्रम बुकिङ प्रारम्भ भैसकेको छ । अग्रिम बुकिङमा दर्शकको रुची ‘मिशन मंगल’ तर्फ बढि देखिएको हो । उक्त फिल्मको अगि्रम बुकिङ निकै राम्रो भैरहेको बताइन्छ । उक्त आधारमा के भन्न सकिन्छ भने पहिलो दिन ‘मिशन मंगल’ ले २५ देखि ३० करोड भारतीय रुपैयाँसम्मको कलेक्सन गर्न सक्नेछ ।

अगि्रम बुकिङको प्रसंगमा मिशन मंगल, बाटला हाउसभन्दा चार गुणाले अगाडि छ । अर्थात बाटला हाउसको एउटा टिकट बुक हुँदा मिशन मंगलको चार वटा टिकट बुक भैरहेको छ ।

त्यसो त सिंगल स्त्क्रिन भएका सिनेमा हलमाहरुमा भने बाटला हाउस अगाडि देखिएको छ । यद्यपि, ती सिनेमा हलहरुमध्ये ९० प्रतिशत सिनेमा हलले अगि्रम बुकिङ नै गर्दैनन्, त्यसकारण पनि अहिले बाटला हाउस पछाडि परेको हो ।

अघिल्लो वर्ष पनि ठिक यस्तै भएको थियो । अक्षय कुमारको गोल्डले मल्टीप्लेक्समा राम्रो थालनी गरेको थियो भने जोनको सत्यमेब जयतेले सिंगल थिएटरमा उत्कृष्ट सुरुवात गरेको थियो ।

त्यसो त सिंगल स्क्रिन सिनेमा हलहरुमा टिकटको दर नै कम हुन्छ । त्यसैले पहिलो दिनको कलेक्सन तथा अगि्रम बुकिङको आधारमा अक्षयको फिल्म नै अघि हुने अनुमान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment