+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

नेकपा सचिवालय बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३० गते ६:०६

३० साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहीबार बस्दै छ । सचिवालय सदस्य झलनाथ खनालका अनुसार बैठक बिहीबार अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुबाटारमा बस्ने भएको छ ।

यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट फर्किएपछि मंगलबार र बुधबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

नेकपामा स्कूल विभागमा टुंगो लगाउन नसक्दा बैठक पटकपटक सारिँदै आएको छ । उक्त विभागमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्य खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, वेदुराम भुसालसहित आठ जनाको दावी छ ।

नेकपाको अहिलेसम्म प्रदेश कमिटी र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय संगठनको कमिटीलाई पूर्णता, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग गठनको काम पूरा हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?