
३० साउन, बुटवल । बुटवल उपमहानगरपालिकाले विभिन्न क्षेत्रमा करिब पाँचसय जनालाई लालपुर्जा वितरण गरेको छ । साविकको मोतिपुर र सेमलार गाविसका विभिन्न टोलमा ब्लकका घर बनाएकालाई लालपुर्जा वितरण गरिएको हो ।
उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गोमादेबी आचार्य र कार्यपालिका सदस्य समेतको टोलीले मोतिपुरका ज्येष्ठ नागरिक जगन्नाथ ढकाल र उनका दुई भाइलाई लालपुर्जा वितरण गरी कार्यक्रमको शुभारम्भ गरे । सेमलार, मोतिपुर, रानिगञ्ज, पोखराबारी तथा मनोहरापुर क्षेत्रमा गरी चार सय बढीलाई लालपुर्जा वितरण गरिएको छ ।
ज्येष्ठ नागरिक हरिप्रसाद ढकालले जति नै जग्गा भए पनि स्वामित्व पाउन नसक्दा निराशा लाग्ने अवस्थाको अब अन्त्य भएको बताए ।
२०२७ सालमा पाउनुपर्ने लालपुर्जा अहिलेसम्म नपाएकाले समस्या समाधानका लागि अहिले सरकारले घरमै पुगेर लालपुर्जा वितरण प्रकृया अगाडि बढाएको बुटवल उपमहानगरपालिका प्रमुख सुवेदीले बताए ।
प्रतिक्रिया 4