Comments Add Comment

श्रद्धाको व्यस्तताः ‘साहोदेखि स्ट्रिट डान्सर’सम्म

बलिउडमा नायिका श्रद्धा कपुरको प्रवेश भएको केही बर्ष भयो । बलिउडमा प्रवेश गरेको केही समयमै राम्रो चर्चा कमाएकी श्रद्धा यो बर्ष ३ चलचित्रबाट दर्शकमाझ धमका मच्चाउने सोचमा छिन् । यसैगरि, उनले यो बर्ष ३ वटा चलचित्रको छायांकन गरिन् । जसलेगर्दा, उनलाई कामको चाप बढ्यो ।

श्रद्धा कपुर अभिनित चलचित्र ‘साहो’ अगष्ट ३० तारिखबाट रिलिज हुँदैछ । यस्तै, चलचित्र ‘चिचोरे’ सेप्टेम्बर ६ तारिखबाट रिलिज हुँदैछ । दुई चलचित्रको रिलिज डेट एक सातामात्र अघिपछि हुँदा श्रद्धाको पब्लिसिटी सेड्यूल पनि बढेको छ ।

श्रद्धा भन्छिन्–‘यो बर्षको कुरा गर्दा मैले ३ चलचित्रको छायांकन लगातार गरेँ । विश्वका विभिन्न ठाउँहरुमा पुगेँ । यसपटक मेरा चलचित्र एक साताको अन्तरमा रिलिज हुँदैछन् । यो मेरा लागि पहिलो पटक भएको हो ।’

श्रद्धाले दुई चलचित्र एक हप्ताको अन्तरमा रिलिज हुने भएपनि फरक कथामा दुई चलचित्र बनेकाले आफू उत्साहित भएको बताइन् । ती चलचित्रमा फरक भूमिका निर्वाहा गर्दा श्रद्धाले धेरै कुरा सिकेको पनि उल्लेख गरिन् । यी तिन चलचित्रबाट श्रद्धाको भर्सटायल अभिनय देख्न पाइने विश्लेषण पनि गरिएको छ । चलचित्र ‘स्त्रि’बाट फेरि एकपटक करिअरलाई सम्हालेकी श्रद्धा यो बर्ष रिलिज हुने ३ चलचित्रबाट दर्शकको मन जित्ने तयारीमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment