Comments Add Comment

अफगानिस्तानसँगको दोस्रो भलिबल खेलमा पनि नेपालको रोमाञ्चक जीत

३० साउन, काठमाडौं । अफगानिस्तानसँगको दोस्रो मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पनि नेपालले रोमाञ्चत जीत हासिल गरेको छ ।

लगनखेलस्थित नेपाल आर्मीको कभर्डहलमा बिहीबार भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो ।

पहिलो र दोस्रो सेट अफगानिस्तानलाई सुम्पिएको नेपालले उत्कृष्ट पुनरागमन गर्दै बाँकी तीन सेट जितेर खेल आफ्नो पक्षमा पारेको हो ।

नेपालले २५–२२ र २५–१५ को सेटमा पहिलो र दोस्रो सेट अफगानिस्तानलाई सुम्पिएको थियो । तर २६–२४ र २६–२४ को सेटमा तेस्रो र चौथो सेट आफ्नो पक्षमा पारेपछि खेल बेष्ट अफ फाइभतर्फ धकेलिएको थियो । पाँचौं सेटमा नेपालले अफगानिस्तानलाई १५–१२ को सेटमा हराएको हो ।

यसअघि बुधबार भएको पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपालले अफगानिस्तानलाई ३-२ को सेटमा पराजित गरेको थियो ।

एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता यही भदौ दुईदेखि सात गतेसम्म लगनखेलस्थितत आर्मी कभर्डहलमा हुदैछ । प्रतियोगितामा आयोजक नेपालसहित किर्गिस्तान, तुर्किमिनिस्तान, उज्वेकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तान रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment