३० साउन, काठमाडौं । न्युजिल्यान्डका पूर्वक्रिकेटर ब्रेन्डन म्याकुलम इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब कोलकत्ता नाइट राइडर्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
फ्रेन्चाइज क्लब कोलकत्ताले ग्लोबल टी–२० क्यानाडा लिगपछि सबै क्रिकेट फम्र्याटबाट सन्यास लिएका ब्रेन्डनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
उनी केही दिनअघि मात्रै क्यारेवियन प्रिमियर लिग क्रिकेटको क्लब ट्रिनबागो नाइट राइडर्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।
कोलकत्ता नाइट राइडर्स र ट्रिनबागो नाइट राइडर्स एउटै कम्पनीको क्लब भएको कारण दुबैतिर उनलाई मुख्य प्रशिक्षक बनाएको हो । म्याकुलमले सन २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।
प्रतिक्रिया 4