
३० साउन, काठमाडौं । दुवै इन्जिन फेल भएको जहाजलाई मकैबारीमा सुरक्षित अवतरण गराएका एक रसियन पाइलट अहिले चौतर्फी प्रशंसित बनेका छन् ।
मस्कोको झकोभ्स्की एयरपोर्टबाट क्रिमियाका लागि उडेको यूरल एयरलाइन्सको बिमानलाई उनले दुर्घटनाबाट जोगाएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जहाजबाट उडेको केही समयमा नै सो जहाजका दुई इन्जिनमा दुईवटा चरा ठोक्किएका थिए । त्यसलगत्तै एउटा इन्जिनमा आगो लागेको थियो भने अर्को इन्जिनले पनि काम गर्न छोड्यो ।
जहाजका क्याप्टेन ४१ वर्षका दामिर युसोपोभले बिमाअनस्थललाई आपतकालीन अवतरणका लागि सम्पर्क गरे तर त्यहाँ फर्किन सम्भव नभएपछि एक माइल वर रहेको मकैबारीमा जहाजलाई फोर्स ल्यान्ड गराएका थिए ।
उक्त जहाजमा २ सय २६ जना यात्रु सवार थिए । उनीहरुमध्ये २३ जना र सात चालक दलका सदस्यलाई सामान्य घाइते भएर अस्पताल लगिएको छ । उनीहरुमध्ये एक ६९ वर्षकी महिलालाई मात्रै थप उपचार आवश्यक परेको छ ।
प्रतिक्रिया 4