
१ भदौ, बुटवल । सवारी दुर्घटना परी सप्तरीमा मृत्यु भएका रुपन्देहीका पत्रकार डायलसन अधिकारीको दाहसंस्कार गरिएको छ ।
सामाजिक परम्परा अनुसार तिलोत्तमामा रहेको मगरघाटमा अधिकारीलाई उनका छोरा अदिप्सन अधिकारीले दागबत्ती दिए ।
अन्तिम श्रद्धाञ्जलीका लागि घाटमा प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, पर्यटनमन्त्री लिला गिरी, नेकपा स्थायी कमिटी सदस्य बेदुराम भुसाल, प्रदेश सांसदहरु, कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाक, विभिन्न स्थानीय सरकारका प्रमुखलगायतले अन्तिम श्रद्धान्जली दिएका थिए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले उनको पार्थिव शरीरमा महासंघको झण्डा ओढाएको छ । महासंघका अध्यक्ष यानेन्द्र जिसी, केन्द्रीय सदस्य बसन्त गिरी, प्रदेश ५ कावाअध्यक्ष भरत केसी, रुपन्देही सचिव रामप्रसाद आचार्यलगायतले महासंघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए ।
प्रतिक्रिया 4