+

एएफसी फुटसल च्याम्पियनसिपको लागि प्रारम्भिक ३७ खेलाडी छानिए

२०७६ भदौ  १ गते १८:४७ २०७६ भदौ १ गते १८:४७
एएफसी फुटसल च्याम्पियनसिपको लागि प्रारम्भिक ३७ खेलाडी छानिए

१ भदौं । एएफसी फुटसल च्याम्पियनसिपको छनोटको लागि ३७ खेलाडी प्रारम्भिक चरणमा छानिएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल समितिले आज (आइतबार० ३७ खेलाडी पहिलो चरणमा छानेका हुन् । एएफसी फुटसल च्याम्पियनसिपको छनोट यहि अक्टोबरमा इरानमा हुँदैछ ।

नेपाल रहेको समूहमा उब्जेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् ।

एन्फा फुटसल समितिले विष्णु गुरुङलाई मुख्य प्रशिक्षक र गौरब बस्नेतलाई प्रशिक्षकमा नियुक्ती पनि गरेको छ ।

छनोट भएका फुटसल खेलाडी

सुमित आले, नेत्रबहादुर श्रेष्ठ, अनिश श्रेष्ठ, रवीचन्द्र थापा, नवीन लामा, आदिल हामिद, विजय श्रेष्ठ, विनोद गुरुङ, आशिष लामा, अमित लामा, दिपेश घले, निर्मल गुरुङ, अभय राना, विजय गुरुङ, आशिष कपाली, सन्दीप कार्की, विश्वजित राई, एलिक तामाङ, जेनिश प्रजापती, मणि लामा, सरोज तामाङ, प्रवेश जोशी, दिपेश श्रेष्ठ, रुपेश क्षेत्री, क्रिजल खड्का, उर्जेन शेर्पा, रफी महर्जन, मनिश सेडाईँ, निसान लामा, संजय राजबहाक, विजय बोहोरा र हिमशाइल जिसी ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय