Comments Add Comment

फेरि ग्यारेथ बेलले बाजी मारे !

१ भदौ, काठमाडौं । जिनेदान जिदान र ग्यारेथ बेलको सम्बन्ध अनौठोमध्ये एक हो । उनीहरुले एकसाथ थुप्रै उपाधि जितेका मात्र छैनन्, यात्राका क्रममा थुप्रै पटक विवाद पनि भएको छ ।

जिदानले सन् २०१८ मा क्लब छाड्नुअघि रियलले च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलसँग किभमा खेलेको थियो । बेल प्लेइङ ११ मा परेनन् ।

बेलमा प्रशिक्षको अविश्वास देखियो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका बेलले दुई गोल मात्र गरेनन्, रियल मड्रिडलाई तेस्रो युरोपियन उपाधि दिलाए ।

जिदानले क्लब छाडे । शायद बेललाई लागेको थियो होला, जिदानसँगको युद्ध जिते ।

तर ११ मार्च, २०१९ मा फ्रेन्चम्यान प्रशिक्षक बनेर फर्किए । रियल मड्रिडमा फर्किएपछि ८ खेलमा राम्रो प्रदर्शन गर्न नसकेपछि सिजनको अन्तिम खेलमा बेल टीममा परेनन् ।

प्रशिक्षकसँगको विवादको आगोमा बेलका एजेन्ट जोनाथन बार्नेटले पनि बेलाबेला ध्यू थपिदिए । यद्यपि बेल सम्झौताअनुसार तीन वर्ष सान्टिएगो बेर्नाबाओमा बस्न चाहन्थे, जहाँ उनले १७ मिलियन युरो तलब पाउँछन् ।

८ जुनमा सुरु भएको प्रि सिजन टुर बेलको पक्षमा रहेनन् । पहिलो खेलमा जिदानले मात्र नदिएको मात्र होइन, क्लबले उनलाई बेच्ने प्रयास गरिरहेको खुलासा गरे । ‘यदि उनले भोलि नै छाडे भने दुबैका लागि राम्रो हुनेछ’, उनले भनेका थिए ।

यद्यपि यो व्यक्तिगत विषय नभएको उनले बताए । जिदानले भनेका थिए, ‘क्लब छाड्ने निर्णय प्रशिक्षकको पनि हो, खेलाडीको पनि हो । हामीलाई अवस्था थाहा छ ।’

बेलका लागि धेरै अफर थिएन । उनीसामू पूर्व क्लब टोटनह्याम फर्किने वा चिनियाँ क्लब जाने विकल्प थियो । बेललाई लैजान चिनियाँ क्लब पनि तयार भयो ।

तर एकाएक रियल मड्रिडले उनलाई चीन जान रोक्यो । यसमा अध्यक्ष फिआरेन्टिना पेरेजसँग बेलको सम्बन्धलाई कारण मानिएको छ । पेरेजको साथ बेललाई छ ।

रियलले सिजनको पहिलो खेलमा सेल्टाभियोमाथि ३–१ को जित निकाल्दा एक गोलको असिस्ट बेलले गरे ।

खेलपछि जिदानले पनि बेलको प्रशंसा मात्र गरेनन्, तत्कालका लागि उनी क्लबमै रहेन बताएका छन् । यसले जिदानसँगको युद्धमा बेलले अर्को माजी मारेको मान्न सकिन्छ ।

मार्काको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment