+
+
Shares

अरुण खोलाको डाइभर्सन बाढीले बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १ गते १९:५७

१ भदौ, चितवन । पूर्वी नवलपरासीको अरुणखोलामा बनाएको डाइभर्सन बाढिले बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । आइतबार साँझ साढे ६ बजे आएको बाढीले डाइभर्सन बगाएको हो ।

पुल भाँचिएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिएको थियो । पूर्बबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले नवलपुरको मध्यबिन्दु ११ अरुणखोलाको पुलको एकतर्फी भागमा ठक्कर दिदा पुल भाँचिएको थियो ।

डाइभर्सन बगेपछि बुटवल हुँदै पश्चिम जाने र पूर्वतर्फ आउने सवारी साधन र यात्रु अलपत्र परेका छन् । अहिले पूर्बपश्चिम राजमार्ग पुर्णरुपमा अबरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ ।

भासिएको पुलबाट पैदल,साईकल यात्री र मोटरसाईकल यात्रीलाई मात्रैं हिँड्न दिइएको थियो । ठूला सवारीहरु डाइभर्सनबाट एकतर्फी रुपमा सञ्चालन हुँदै आएका थिए । पुलको शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले निरीक्षण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?