+
+
Shares

बाढीपछि रोकिएका ‘समर लभ’ र ‘सेतो धरती’ नाटकको मञ्चन शुक्रबारदेखि पुनः

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १४:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्राकृतिक विपत्तिका कारण केही दिन रोकिएका कान्तिपुर थिएटरका ‘समर लभ’ र ‘सेतो धरती’ नाटक आजदेखि काठमाडौं र पोखरामा पुनः मञ्चनमा आएका छन्।
  • आयोजकका अनुसार यो साताका लागि चार दिनको शोको मात्र बुकिङ खुला गरिएको छ र दुवै नाटकको प्रि-बुकिङ उत्साहजनक देखिएको छ।
  • ‘समर लभ’का काठमाडौंमा हालसम्म ३१ शो सम्पन्न भएका छन् भने नाटकबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ सहयोग गरिएको छ।
  • ‘सेतो धरती’ नाटक काठमाडौं र विराटनगरपछि दर्शकको मागअनुसार पोखरामा मञ्चन शुरू भएको छ र यसबाट कोषमा एक लाख एक हजार रुपैयाँ सहयोग गरिएको छ।

काठमाडौं । प्राकृतिक विपत्तिका कारण केही दिन स्थगित भएका कान्तिपुर थिएटरका दुई नाटक ‘समर लभ’ र ‘सेतो धरती’ आज शुक्रबारदेखि पुनः मञ्चनमा आएका छन् । ‘समर लभ’ काठमाडौंको गैह्रीधारास्थित कान्तिपुर थिएटरमा र ‘सेतो धरती’ पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरमा मञ्चन हुँदैछन् ।

भोटेकोशी बाढीको विपत्तिपछि यी दुवै नाटक मञ्चन भैरहँदा रोकिएका थिए । आयोजकका अनुसार यो साताका लागि चार दिनको शोको मात्रै बुकिङ खुला गरिएको छ र प्रि-बुकिङ उत्साहजनक देखिएको छ ।

‘समर लभ’ लेखक सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित नाटक हो । प्रेमकथामा आधारित नाटक गत साउन २९ गतेदेखि मञ्चन सुरु भएको थियो ।

आयोजकका अनुसार पहिलो दिनदेखि दैनिक दुई शो मञ्चन हुँदै आएको नाटकका काठमाडौंमा हालसम्म ३१ शो सम्पन्न भएका छन् । नाटकको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ सहयोगसमेत गरिएको थियो ।

अमर न्यौपानेको मदन पुरस्कार विजेता उपन्यास ‘सेतो धरती’मा आधारित नाटक आजदेखि पोखरामा मञ्चन हुँदैछ । यसअघि काठमाडौं र विराटनगरमा यो नाटक मञ्चन भैसकेको छ ।

यसअघि काठमाडौंमा नाटकका १०१ शो मञ्चन भइसकेका छन् । विराटनगरस्थित आरोहण गुरुकुलमा पनि नाटक मञ्चन गरिएको थियो । आयोजकका अनुसार दर्शकको मागपछि नाटकलाई पोखरा लगिएको हो ।

पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद तथा कलाकारलगायत विभिन्न क्षेत्रका व्यक्तिले नाटक हेरिसकेको आयोजकले जनाएको छ । ‘सेतो धरती’ नाटक समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख एक हजार रुपैयाँ सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?