Comments Add Comment

मुटु रोग कति प्रकारका हुन्छन् ? यसरी थाहा पाउन सकिन्छ

हृदय रोग भन्नाले धेरैले हृदयघातलाई जोडेर हेर्छन् । यद्यपि हृदयघातका साथै अरु पनि हृदय रोगको प्रकार हुन्छन् । हृदय सम्बन्धी के कस्ता रोग लाग्छन्, त्यसको पहिचान कसरी गर्न सकिन्छ त ?

एरिथमिया

एरिथमिया एक यस्तो रोग हो, जसमा मुटुको धड्कन अनियमित हुन्छ । एरिथमियाको कारण रोगीको मुटुको धड्कन कहिले सामान्यभन्दा तिब्र हुन्छ भने कहिले सामान्य भन्दा सुस्त पनि । एरिथमिया तब हुन्छ, जब मुटुको धड्कन नियन्त्रण गर्ने इलेक्टि्रक बेव्स ठिक ढंगले काम गर्दैन । मुटुको धड्कन अनियमित हुँदा छाती, गला वा गर्दनमा दुखाई अनुभव हुन्छ ।

कसरी थाहा पाउने ?

अचानक मुटुको धड्कन तिब्र हुन्छ । अचानक मुटुको धड्कन सुस्त हुन्छ । रक्तचाप कम हुन्छ । छातीमा तिब्र दुखाई अनुभव हुन्छ । बोल्नमा कठिनाई हुन्छ । अचानक थकाई लाग्छ । चक्कर लाग्छ । सास लिन गाह्रो हुन्छ । केही क्षणका लागि धड्नक रोकिन्छ र पुन चल्न थाल्छ ।

एथेरोस्क्लेरोसिस

एथेरोस्क्लेरोसिसको कारण मुटुमा रक्त आपूर्ति कम हुन्छ । मुटुसम्म रगत राम्ररी पुग्न नपाएको कारण रोगीलाई खतरा उत्पन्न हुन्छ । एजेरोस्क्लेरोसिस केही कारणले हुनसक्छ । सामान्यत शरीरमा कोलेस्ट्रोलको मात्रा बढेमा, इन्सुलिन हर्मोको मात्रा घटेमा, उच्च रक्तचाप, अधिक धुमपान, कम शारीरिक श्रम, अधिक उमेर र अनुवांशिक कारणले हुनसक्छ ।

कसरी थाहा पाउने ?

हात, खुट्टा चिसो हुन्छ । हात, खुट्टामा कम्पन आउन थाल्छ । हात, खुट्टामा कमजोरी महसुष हुन थाल्छ । सास लिन गाह्रो हुन्छ । टाउको दुखाईको समस्या हुन्छ । अनुहार सुन्निएको देखिन्छ । प्यारलाइसेस हुन्छ ।

कन्जेनिटल हार्ट डिफेक्ट्स अर्थात जन्मजात हृदय दोष

जन्मजात हृदय दोष भनेको गर्भावस्थामै शिशुको मुटुमा समस्या आउनु हो । गर्भमा हृदय र शरीर रक्त वाहिनीको विकासको क्रममा भएको दोषले यस विकारको जन्म दिन्छ । जबसम्म बच्चा गर्भाशयमा रहन्छ वा जन्मको तुरुन्त पछिसम्म गंभिर हृदयको खराब लक्षण देखापर्छ । यद्यपि कतिपय अवस्थामा भने यस्तो पहिचान तुरुन्त हुँदैन । बच्चा हुर्कदै गएपछि उनीहरुमा त्यो समस्या स्ष्ट देखिदै जान्छ । यसरी जन्ममै हृदय दोष लिएर जन्मिएका कतिपय बच्चाहरुको उपचार संभव नहुन पनि सक्छ । सामान्यतय मुटुमा प्वाल हुनु यस्तै एक गंभिर समस्या हो, जुन कतिपय शिशुले जन्ममै लिएर आएको हुन्छ ।

कसरी थाहा पाउने ?

शरीरको अंग जस्तो कि, मुख, कान, नङ, ओंठ आदिमा नीलोपन देखिन्छ । सास लिन गाह्रो हुन्छ । बारम्बार फोक्सोको संक्रमण हुन्छ । शारीरिक गतिबिधिमा चाडै थाक्ने गर्छन् । कहिले काहीँ बच्चा अचानक बेहोस हुन्छन् । दुध पिउनमा कष्ट हुन्छ । शिशुको तौल तिब्र रुपमा कम हुन थाल्छ । दुध पिएको बेला शिशुको पसिना आउन थाल्छ । शिशुको खुट्टा, पेट र आँखा सुन्निन्छ ।

कोरोनरी अर्टरी डिजिज अर्थात कोरोनरी धमनी रोग

कोरोनरी धमी रोग अर्थात कोरोनरी हृदय रोग एक गंभिर अवस्था हो । यसमा हुटुसम्म अक्सिजन र पोषक तत्वयुक्त रक्त पुग्ने धमनीको प्लक जम्ने भएकाले वा क्षतिग्रास्त भएको कारण मुटुसम्म रगत पुग्न पाउँदैन । खासगरी प्लकको कारण कोरोनरी धमनी खुम्चिन पुग्छ । यसले गर्दा मुटुमा कम मात्रामा रक्त प्रवाह हुन्छ ।

कसरी थाहा पाउने ?

छातीमा तिब्र दुखाई हुन्छ । छातीमा केहीले थिचेको जस्तो महसुष हुन्छ । बेचैनी वा पसिना निस्कनु । सास लिनमा मुस्किल हुनु वा सास बढ्नु । पेटमा ग्यास बन्नु वा अपच हुनु ।

कार्डियोमायोप्याथी

कार्डियोमायोप्याथी एक यस्तो रोग हो जसको कारण मुटुको मांसपेशी कडा हुन्छ । यही कारण मांसपेशी मोटो र कमजोर हुनपुग्छ । कार्डियोमायोप्याथीलाई मान्छेहरुले ब्रोकन हार्ट सिन्ड्रोम पनि भन्ने गरेका छन्, किनभने अक्सर धेरै खुसी वा धेरै उदास रहने व्यक्तिमा यो लक्षण देखिन्छ । कार्डियोमायोप्याथीको कारण हार्ट फेल हुने खतरा हुन्छ । उच्च रक्तचापका रोगीमा यस किसिमको समस्या बढी हुन्छ ।

कसरी थाहा पाउने ?

सास लिनमा समस्या हुन्छ । आरमको स्थितीमा पनि सास लिन गाह्रो हुन्छ । खुट्टा सुन्निन्छ । तरल पदार्थको कारण पेट फुलिन्छ । थकान लाग्छ । मुटुको धड्कन तिब्र हुन्छ वा असामान्य हुन्छ ।

हार्ट इन्फेक्सन

ब्याक्टेरिया जहाँपनि हुनसक्छ । यो हाम्रो शरीरमा पनि हुन्छ र हाम्रो रगतमा पनि । यदि कसैसँग मुटुसँग जोडिएको कुनै सामान्य रोग छ भने बेलाबखत रगतमा भएको ब्याक्टेरिया ड्यामेज ट्युमा टाँसिएर बस्छ र एक किसिमको संक्रमणको कारण बन्न सक्छ । यसलाई एन्डोकार्डाइटिस पनि भनिन्छ । जब शरीरको कुनैपनि भागबाट पुगेको ब्याक्टेरिया एन्डोकार्डियमसम्म पुग्छ, तब संक्रमणको कारण बन्छ ।

कसरी थाहा पाउने ?

छातीमा दुखाई, ज्वरो आउनु, तिब्र चिसो महसुष हुनु आदि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment