Comments Add Comment

सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप : नेपालले किर्गिस्तानसँग खेल्दै

२ भदौ, काठमाडौं । एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा आज नेपालले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

लगनखेलस्थित आर्मी कभर्डहलमा सुरु हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो चार बजे सुरु हुनेछ ।

आफ्नो पहिलो खेलमा नै जित हात पार्दै नेपाल सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । समूह ए मा रहेको नेपालसँगै किर्गिस्तान र माल्दिभ्स रहेका छन् । यता, समूह बीमा भने तुर्कमेनिस्तान, उब्जेकिस्तान, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

आज उदघाटन कार्यक्रम भने दिउँसो दुई बजे छ । त्योभन्दा अघि बिहान १० बजे तुर्कमेनिस्तान र अफगानिस्तानबीचको खेल रहेको छ । आजै बेलुकी ६ बजे उब्जेकिस्तान र अफगानिस्तानबीच पनि खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment