Comments Add Comment

‘लक्का जवान’को मुहुर्त, काभ्रेमा छायांकन

शिवहरि पौडेलको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘लक्का जवान’को शुभ साइत आज गरिएको छ । ललितपुरको बंगलामुखी मन्दिरमा चलचित्रको शुभसाइत गरिएको हो । किरण केसी, दिलिप रायमाझी, सुरेन्द्र केसीको निर्माणमा बन्न लागेको यो चलचित्रलाई सामाजिक कथावस्तुमा कमेडी शैलीमा तयार गर्ने बताइएको छ ।

लामो समय टेलिसिरियल निर्माणमा होमिएका शिवहरिले यही चलचित्रबाट डेब्यू गर्न लागेका हुन् । चलचित्रमा किरण केसी, दिलिप रायमाझी, राजाराम पौडेल, वर्षा सिवाकोटी, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रको छायांकन भदौको ४ गतेबाट काभ्रेमा सुरु हुने बताइएको छ ।

निर्माता केसीले भने–‘आज साइत भएकाले हामीले मुहुर्त गरेका हौं । चलचित्रको छायांकन ७० प्रतिशत काभ्रे र ३० प्रतिशत काठमाण्डौमा हुनेछ ।’ छायांकनका लागि चलचित्रको टिम भोली काभ्रे जानेछ । चलचित्रलाई चैत्रको ७ गतेबाट रिलिज गर्ने पक्का गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment