Comments Add Comment

पाल्पामा डेंगुका दुई बिरामी भेटिए

२ भदौ, पाल्पा । पाल्पामा साउन महिनामा डे‌ंगुका दुई जना बिरामी फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार अहिले दुवै जनाको उपचार भइरहेको छ ।

यो रोग ‘एडिप्टाइ’ नामक लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । गत वर्षको भदौमा पनि जिल्लामा डेंगुका सात जना बिरामी भेटिएका थिए ।

डेंगु लाग्दा अत्यधिक ज्वरो आउने, नाथ्री फुटेर रगत बग्नेलगायतका लक्षण देखिन्छन् ।

शरीरमा भएको रगतको मात्रा ‘प्लेटेड’ नामक तत्वले घटाइदिने हुँदा रोगको लक्षण देख्ने बित्तिकै स्वास्थ्य संस्थामा उपचार गराउनुपर्छ । विशेष गरी गर्मी याममा देखापर्ने डेङ्गुका रोगी भेटिएपछि स्थानीयवासी त्रसित बनेका छन् ।

घर वरिपरि खाडलमा पानी जम्न नदिने, सरसफाइ गर्ने, नियमित राति सुत्दा झुल टाँगेर सुत्ने तथा शरीर पूरै ढाक्ने गरी कपडा लगाए डेङ्गुबाट बच्न सकिने सूचना अधिकारी ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment