Comments Add Comment

डीएभी कलेजमा आकर्षक पुरस्कार राशिसहित फुटसल प्रतियोगिता

२ भदौ, काठमाडौं ।खेलकुदका माध्यमबाट आपसी भाइचारा, सहअस्तित्व र मित्रता अभिवृद्धि गर्ने उद्देश्यका साथ ललितपुरको जावलाखेलस्थित डीएभी एनईबी प्लस २ कलेजले अन्तरकलेज प्लस २ दोस्रो फुटसल प्रतियोगिता आयोजना गर्न गइरहेको छ ।

कलेजका एकेडेमिक डाइरेक्टर सुमन बस्नेतका अनुसार गत वर्षको पुरस्कार राशिमा वृद्घि गरी विजेता टीमलाई १ लाख ५० हजार रुपैयाँ नगद तथा ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी, गोलरक्षक र उच्च गोलकर्तालाई पनि व्यक्तिगत ट्रफी र नगद पुरस्कारले पुरस्कृत गरिने छ ।

भदौ १२ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पहिला दर्ता हुन आउने ३२ टीमलाई मात्र सहभागी गराइने हुँदा यथाशीघ्र नाम दर्ता गराइ सहभागी भइदिन हुन कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment