
नायक अनमोल केसीले चलचित्र ‘एन्टी हिरो’मा काम गर्ने तयारी गरेसँगै निर्माता तथा निर्देशक झरना थापा चलचित्र ‘ए मेरो हजुर ४’को तयारीमा लागेकी छिन् । झरनासँग चलचित्र ‘भागवत गीता’को स्क्रिप्ट तयारी अवस्थामा छ । यो स्क्रिप्ट नायक अनमोल केसीले पनि सुनिसकेका छन् ।
तर, अनमोलले तत्काल आफ्नै होम प्रोडक्शनको चलचित्र ‘एन्टी हिरो’मा काम गर्ने तयारी गरेपछि झरना र निर्माता सुनिलकुमार थापा चलचित्र ‘ए मेरो हजुर ४’ बनाउने तयारीमा लागेका हुन् । उनीहरुले चलचित्र ‘भागवत गीता’ अनमोल केसीले काम गरेको खण्डमा बनाउने तयारी गरेका थिए ।
चलचित्र ‘ए मेरो हजुर ४’मा नायिकाको रुपमा सुहाना थापा नै हुनेछिन् । नायकको रुपमा चलेकै नायक लिने वा नयाँ अनुहार भित्राउने भन्ने कुरामा अझै पनि निर्णयमा थापा दम्पत्ती पुगिसकेका छैनन् । निर्माता सुनिलकुमार थापाले अनलाइनखबरसँग भने–‘हामी, अब ए मेरो हजुर ४ बनाउने तयारीमा लागेका छौ । आउँदो बर्षको दशैंमा यो चलचित्र रिलिज हुनेछ ।’
यो चलचित्र प्रदर्शन पश्चात नायक अनमोल केसी राजी भएको खण्डमा चलचित्र ‘भागवत गीता’ बनाउने तयारी उनीहरुको छ ।
प्रतिक्रिया 4