+

फेरि घाइते भए डेम्बेले

२०७६ भदौ  ३ गते १०:३५ २०७६ भदौ ३ गते १०:३५
फेरि घाइते भए डेम्बेले

३ भदौ, काठमाडौं । उस्मान डेम्बेले फेरि घाइते भएका छन् । उनी पाँच साता मैदान बाहिर रहनेछन् ।

ला लिगाको पहिलो खेलमा बार्सिलोनाले एथ्लेटिको विल्बाओसँग हार्दा डेम्बेलेको घुँडामा चोट लागेको थियो ।

२०१७ मा बार्सिलोनामा आएपछि उनी छैटौंपटक घाइते भएका हुन् । उनले अहिलेसम्म २२८ दिन चोटमा बिताएका छन् । क्लबमा आबद्ध भएलगतै पनि उनी चोटका कारण १०० दिन मैदान बाहिर भएका थिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय