Comments Add Comment

सिम्रिक एयरलाइन्सका जहाज उडानमा रोक

३ भदौ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाइन्सका जहाज उडानमा रोक लगाएको छ । जहाजमा राखिएका पार्टपूर्जामा सुरक्षा खतरा देखिएपछि तत्काल जहाजहरु ग्राउण्डेड गर्ने निर्णय भएको प्राधिकरण स्रोतले जानकारी दियो ।

प्राधिकरणले प्रत्येक कम्पनीको छुट्टाछुट्टै सुरक्षा जाँच गर्ने गर्छ । त्यही क्रममा सिम्रिकको आइतबार र सोमबार जाँच गरिएकोमा जहाजमा प्रयोग भएका पार्टपूर्जा हवाई सुरक्षाका दृष्टिकोणले खतरापूर्ण पाइएको हो । यस कम्पनीसँग ४ वटा जहाज रहेका छन् ।

सुरक्षा खतरा देखिएपछि प्राधिकरणले आकाशमा उड्दै गरेको अवस्थामा पनि तत्काल अवतरणको निर्देशन दिन सक्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले मंगलबार सिम्रिकका उडान रद्द भएको पुष्टि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment