Comments Add Comment

अनुष्काका बिकिनी तस्बिरमा विराट कोहलीको यस्तो कमेन्ट

टीम इन्डियाका कप्तान विराट कोहली अहिले वेस्ट इन्डिजको यात्रामा छन् । विराटसँगै उनकी श्रीमती तथा अभिनेत्री अनुष्का शर्मा पनि अहिले वेस्ट इन्डिजमै छिन् ।

अनुष्काले आफ्नो यो वेस्ट इन्डिजको यात्राको क्रममा खिचिएका थुप्रै तस्बिरहरु सामाजिक सञ्जालमा अपलोड गरिरहेकी छिन् । हालै मात्र उनले आफ्नो बिकीनी तस्बिर समेत अपलोड गरिन्, जुन सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

अनुष्काद्वारा हालै सार्वजनिक गरिएका थुप्रै तस्बिरहरु मध्ये एउटा तस्बिरमा उनी सुन्तला रंगको स्विम सूटमा देखिएकी छिन् । उक्त तस्बिरमा उनी निकै हट देखिएकी छिन् । तस्बिरमा अनुष्का समुद्रको किनारामा बसेर मुस्कुराइरहेकी छिन् ।

अनुष्काको उक्त तस्बिरमा विराट कोहलीले एउटा रमाइलो कमेन्ट गरेका छन् । उक्त तस्बिर देखेपछि आफू अनुष्काको सुन्दरताप्रति कायल रहेको विराटको इमोजीसहितको कमेन्टले पुष्टि गर्छ । त्यसो त उक्त तस्बिरमा थुप्रै रमाइला ट्रोलहरु समेत बनिरहेका छन् ।

अनुष्काको अभिनयको कुरा गर्ने हो भने उनी पछिल्लो वर्ष प्रदर्शन भएको फिल्म जिरोमार्फत दर्शकमाझ आएकी थिइन् । उक्त फिल्ममा उनी बलिउडका बादशाह शाहरुख खान तथा कटि्रना कैफसंग देखिएकी थिइन् । उक्त फिल्मपछि अनुष्काले अहिलेसम्म कुनै पनि फिल्ममा काम गरेकी छैनन् । चाँडै नै उनी एउटा वेब सिरिजमा काम गर्दैछिन् ।

अनुष्का आफ्नै प्रोडक्सन हाउस क्लीन स्टेल फिल्म्सको ब्यानरमा ‘माई नेम’ शीर्षकको वेब सिरिज लिएर आउँदैछिन् । उक्त वेब सिरिज एउटा मध्यम आयु वर्गकी महिलाको जीवनमा आधारित छ, जसले भुलवस् कुख्यात माफिया नेताको हत्या गर्छिन् । जसो-तसो समय बित्दै जान्छ, उनी अन्डरवल्र्डको आपराधिक तथा राजनीतिक संसारमा फस्दै जान्छिन् । उक्त वेब सिरिज नेटफिल्क्समार्फत दर्शकमाझ आउने छ । सिरिजलाई अतुल मोंगिया, तमाल सेन तथा अमित ब्यासले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment