+
+
Shares

संविधान दिवस भव्य रुपमा मनाउन तयारी सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ४ गते १३:४०

४ भदौ, काठमाडौं । सरकारले असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपमा मनाउन तयारी सुरु गरेको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा सीमित वर्ग र क्षेत्र विशेषमा मात्रै नभइ सबैको सहभागीताका साथ दिवस मनाउनेबारे छलफल भएको हो ।

संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कर्मचारीहरुको सहभागीतामा राजधानी काठमाडौको टुँडिखेलमा र उपत्यका बाहिर प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहमा भव्यताका साथ संविधान दिवस मनाउने उद्देश्यका साथ कार्यक्रमहरु तय भएका छन् ।

यस बर्ष राष्ट्रिय झण्डालाई मुख्य आकर्षणको केन्द्र मानेर कार्यक्रम तय गरिएको छ । असोज ३ गते संविधान दिवसको दिन सबै तहका सरकारी कर्मचारी राष्ट्रिय झण्डासहितको र्‍याली गर्दै मूल समारोह स्थल सैनिक मञ्च टुँडिखेल जाने कार्यक्रम तय भएको छ ।

प्रदेश र स्थानीय तहको सवालमा सम्बन्धित मन्त्रालयले संयोजन गरी तोकिएको स्थानमा अनिवार्य उपस्थिति हुने व्यवस्था मिलाइएको छ । बैठकमा संविधान दिवस मनाउनका लागि तय भएका कार्यक्रमबारे जानकारी गराउदै गृहसचिव प्रेमकुमार राईले सबैको सक्रिय सहभागीताका लागि आग्रह गरे ।

असोज २ गते उपत्यका भित्रका सबै सरकारी कार्यालय, महानगरपालिका नगरपालिकाहरुले आ–आफ्नो क्षेत्रमा राष्ट्रिय झण्डा एवं व्यानर सजाई नगर सजाउने, आम नागरिकले घरघरमा सरसफाइ गरी साँझ दिपावली गर्ने, राष्ट्रिय झण्डा रिले दौड तथा क्रिकेट खेलको आयोजना गर्ने, नेपालको संविधानका केन्द्रित भएर सञ्चार माध्यममा बहस चलाउने लगायत कार्यक्रम तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?