
४ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पौडेलले भिडियो कीर्ते गरेको आरोपमा तीन जनाविरूद्ध जाहेरी लिएर प्रहरी कहाँ पुगेकी छन् ।
पौडेलले टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी हुन् । उनले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आजका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दिन लागेकी हुन् । उनको जाहेरी दर्ता हुन भने बाँकी छ । परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने, ‘उहाँहरु आउनु भएको छ । मुद्दा शाखाले हेर्दैछ ।’
पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा रविसहित तीन जना पक्राउ परेका छन् । उनीहरुलाई सोमबार मात्र थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।
पुडासैनीले साउन २० गते भरतपुरस्थित एक होटलमा आत्महत्या गरेका थिए ।
प्रतिक्रिया 4