Comments Add Comment

अध्यक्षकै घरको खानेपानी धारामा शंखेकिरा !

४ भदौ, विराटनगर । मुहानबाट फिल्टर हुँदै उपभोक्ताको घरसम्म पुगेको खानेपानीमा शंखेकिरा भेटिएको छ । मोरङको लेटाङ नगरपालिका– ९ का नन्दीप्रसाद खतिवडाको घरको धारामा शंकेकिरा भेटिएको हो ।

धाराबाट पानी नआएपछि खोलेर हेर्दा एक दर्जनजति शंकेकिरा भेटिएको खतिवडाले बताएका छन् । ‘पानी नआएपछि खोलेर हेर्दा शंकेकिरा मात्र भेटियो’, खतिवडा भन्छन् ‘कसरी धाराको टुटीसम्म किरा आए अचम्म छु ।’ खतिवडा जाते खानेपानी आयोजनाको पूर्वअध्यक्ष हुन् ।

मुहानबाट स्टोर ट्याङ्की हुँदै आएको पानी प्रदुशित भएका कारण शंकेकिरा आएको हुनसक्ने उनले बताए ।

मेयर भन्छन्– दायित्व मेरो हो

लेटाङ नगरपालिकाका मेयर शंकर राई उपभोक्ताहरुलाई स्वस्थ पानी खुवाउने आफ्नो चाहना भए पनि कार्यावयन गर्न पार्टीगत विचार हाबी भएको बताउँछन् ।

‘सफा खानेपानी वितरण गर्ने दायित्व मेरो हो, तर साथीहरु स्वस्थ पानी पिउनुपर्छ आउनुहोस् भन्दा आँदैनन्’ उनी भन्छन् ‘ उपभोक्ता समितिका साथीहरु प्रदेश र केन्द्र जान्छन् ।’

खानेपानी समस्या सामधान गर्न स्थानीय सरकार भए पनि उपभोक्ता समितिका पदाधिकारीबाट कुनै माग नआएको उनको भनाइ छ । वर्षामा सधै उत्पन्न हुने खानेपानी समस्या सामधान गर्ने योजना बनाए पनि कार्यन्यन गर्न व्यावहारिक कठिनाइ भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment