Comments Add Comment

नेकपाको प्रस्तावः प्रदेश २ को नाम जानकी राखौं

५ भदौ, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश २ को नाम जानकी राख्न प्रस्ताव गरेको छ । बिहीबार सकिएको संसदीय दलको बैठकले प्रदेशको नाम जानकी राख्ने निर्णय गरेको हो ।

त्यस अनुसार नेकपाका सांसदहरुले प्रदेशसभामा नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गरेका हुन् । रामकुमार यादव प्रस्तावक छन् भने ज्वालाकुमारी साह, शारदा थापा र नागेन्द्र राय यादव समर्थक छन् ।

प्रदेशको स्थायी राजधानी जनकपुर परिक्रमा मार्गसहित सिंगो धनुषा जिल्लालाई बनाउन प्रस्ताव गरेका छन् । संसदीय दलका नेता सत्यनारायण मण्डल प्रस्तावक रहेको प्रस्तावमा सुन्दरबहादुर विश्वकर्मा, रबीन्द्र बैठा र बेची लुंगेली मगर समर्थक छन् ।

सत्तासिन समाजवादी र राजपाले संयुक्त रुपमै प्रदेशको नाम र राजधानीबारे प्रस्ताव राख्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment