Comments Add Comment

एभीसी पुरुष भलिबल : उपाधिका लागि किर्गिस्तान र उज्बेकिस्तान भिड्ने

५ भदौ, काठमाडौं । एभीसी पुरूष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधिका लागि किर्गिस्तान र उज्बेकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ ।

लगनखेलस्थित आर्मी कभर्डहलमा बिहीबार सम्पन्न सेमिफाइनल खेलमा किर्गिस्तानले तुर्कमेनिस्तानलाई र उज्बेकिस्तानले माल्दिभ्सलाई पराजित गर्दै फाइनलमा प्रतिस्पर्धा गर्ने भएका हुन् ।

पहिलो सेमिफाइनलमा किर्गिस्तानले तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्न सफल भयो । किर्गीस्तानले सहज रुपमा पराजित गर्ने क्रममा तुर्कमेनिस्तानलाई २५–१७, २५–१८ र २५–२२ को सेटमा हराएको हो ।

त्यस्तै, दोस्रो सेमिफाइनलमा पनि उज्बेकिस्तानले माल्दिभ्सलाई ३–० कै सोझो सेटमा पराजित गर्न सफल भयो । उज्बेकिस्तानले माल्दिभ्सलाई २५–२०, २५–१९ र २५–२१ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

किर्गिस्तान र उज्बेकिस्तानबीचको खेल यही शनिबार हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment