Comments Add Comment

तिलोत्तमा प्रिमियर लिगमा १० टीम सहभागी हुने

३ भदौ, बुटवल । रुपन्देहीको तिलोत्तमामा हुने तिलोत्तमा प्रिमियर लिगको तेस्रो संस्करणमा प्रदेश ५ का १० टीमको सहभागिता हुने भएको छ ।

तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा हुने प्रतियोगितामा दोस्रो संस्करणका ४ टीमसहित ६ नयाँ टीम दर्ता भएका आयोजकले जनाएको छ ।

प्रतियोगितामा साविक बिजेता समेत रहेको लुम्बिनी कासाई, उपविजेता रोयल शंकरनगर, ज्ञानोदय गोल्डस् र मणिग्राम किङ्गससहित नयाँ टीमहरु रुपन्देही पल्टन, बुटवल युनाइटेड, पाल्पाली लिजेण्डस्, सुपर ११ भैरहवा, सियारी राइनोज् र तिनाउ टाइटन्सले सहभागिता जनाउने भएका हुन ।

प्रतियोगितामा सहभागि हुने १ सय ३० खेलाडीका लागि २ सय ४० खेलाडीबीच यही भदौ १४ गते अक्सन हुने आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक भुर्तेलले जानकारी दिए ।

प्रतियोगिताको प्रथम हुने टीमले नगद ४ लाख र उपविजेता हुने टीमले २ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । खेलको म्यान अफ दी सिरिजले नगद २० हजार रुपैयाँ पाउने छन् । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलरलाई नगद १० हजार, इमर्जिङ प्लेयरलाई नगद ५ हजार दिइने भुर्तेलले बताए ।

यसैगरि एक टीमलाई टिम फेयर प्ले अवार्ड घोषित गर्दै नगद ४० हजार तथा प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषित गर्दै नगद १ हजार ५ सय रुपैयाँबाट पुरस्कृत गरिने भुर्तेलले जानकारी दिए ।

प्रतियोगितालाई सर्वोत्तम सिमेन्टले शीर्ष प्रायोजन गरेको तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष अच्युतराज ढुंगानाले बताए । प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment