Comments Add Comment

ओलीको अनुपस्थितिमा पार्टीको बैठक बोलाउने अधिकार प्रचण्डलाई

५ भदौ, काठमाडौं ।  प्रधानमनत्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे सचिवालय बैठकको अध्यक्षता पुष्पकमल दाहाल प्रचण्डले गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री ओली उपचारका लागि आज बिहीबार सिंगापुर जाँदैछन् । उनको सिंगापुर बसाई कम्तिमा ९/१० दिन हुने बताइएको छ ।

ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष प्रचण्डले बैठक बोलाउने र सांगठनिक एकीकरण लगायतका विषयमा निर्णय गर्ने सहमति सचिवालय बैठकमा भएको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘अध्यक्ष प्रचण्डले छिट्टै बैठक बोलाउनु हुन्छ ।’

नेकपामा ओली र प्रचण्ड दुवै अध्यक्ष छन् । तर बैठक बोलाउने अधिकार प्रचण्डलाई थिएन । हरेक बैठकको अध्यक्षता ओलीले नै गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस बालुवाटारमा प्रधानमन्त्री ओली र माधव नेपालको भनाभन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment