+
+
Shares

टाउको र काँधमा दियो राखेर आरती

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७६ भदौ ५ गते २०:२०

५ भदौ, भक्तपुर । भाद्र कृष्ण सप्तमिको दिन बिहीबार भक्तपुरको दत्तात्रयस्थित नारायण मन्दिरबाट बालकदेखि युवासम्मले हात र टाउकोमा बत्ती राखेर खाली खुट्टा नै नगर परिक्रमा गरे ।

हात र टाउकोमा गोवर र सोलीमा बत्ती बाली बालकदेखि युवाहरुले खाली खुट्टा नै नगर परिक्रमा गरेका थिए । नेवार समुदायको साँस्कृतिक पोशाक लगाएर उनीहरु दिप यात्रामा सहभागी भएका थिए ।

गाईजात्राको अवसर पारेर भक्तपुरमा हरेक वर्ष दिप प्रज्वलन यात्रा आयोजना गरिदै आएको छ । नगर परिक्रमाका क्रममा घिन्ताङ घिसी, बासुरी बाजा तथा धिमे बाजा बजाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?