Comments Add Comment

साफ यू–१८ च्याम्पियनसिप हेर्न २ सयको टिकट

६ भदौ, काठमाडौं । नेपालमा आयोजना हुने साफ यू–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिता हेर्नका लागि २ सय रुपैयाँ टिकट दर तोकिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै टिकट दर २०० रुपैयाँ तोकेको हो । प्रतियोगिता यही असोज तीनदेखि १२ गतेसम्म हलचोकस्थित एपीएफको खेल मैदानमा हुदैछ ।

आयोजक नेपाल, भारत, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंका रहेको प्रतियोगितामा सबै टिमको बन्दोबस्त पनि भइसकेको एन्फाले जनाएको छ ।

समूह ‘ए’ मा नेपालसँगै माल्दिभ्स र भुटान रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा भने बंगलादेश, श्रीलंका र भारत रहेका छन् ।
नेपालले असोज तीन गते आफ्नो उद्घाटन खेलमा माल्दिभ्ससँग खेल्नेछ । त्यस्तै, समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले असोज पाँचमा भुटानसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment